news

9:41 AM



रुपन्देही २९ असार -रुपन्देही जिल्लाको बुटबल उपमहानगर पालिका अहिलेको उदाउदो शहरको अग्रपंतिमा छ बुटवल ।


२०५० को दशकमा देशका अन्य शहर भन्दा कम चर्चामा रहेको बुटवल अहिले मोफसलको उदाउदो शहरको परिचय दिदै छ । नेपालको पश्चिम क्षेत्रको रुपन्देही जिल्लामा पर्ने बुटवल देशको मध्य खण्ड पनि हो ।



लुम्विनी अञ्चलको केन्द्र तेसमा पनि राष्ट्रिय स्तरका योजना निर्माण र औद्योगीक बिकाशले बुटवलको परिचय फेरिएको छ ।



बटौली हुदै आजको बुटवल आधुनिक सहर हुनुमा ईतिहासलाई पनि एक पटक फर्केर हेर्न आवश्यक छ । व्यापारको बिस्तार र बिबिधि करण नहुदै आजभन्दा ५० बर्ष अगाडि सम्म पश्चिम क्षेत्रको व्यापारीक केन्द्र थियो बटौली ।



जव पुर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण सगै अस्ताउन थालेको बटौली बजारको अस्थित्व अहिले मेटिन लागेको छ । पहाडि जिल्ला बाट नुनको कारोवार गर्न अहिलेको बुटवल, पहिलेको बटौली सम्म हप्ता दिन भन्दा पनि बढि हिडेर आउने गर्थे पुर्खाहरु । आज समय परिर्वतन भएको छ जिवन शैलि फेरीएको छ ।

तर बटौलीको परिचय पनि हराउदै गएको छ । बटौली पुरानो व्यापारीक थलो मात्र हैन एक ऐतिहासिक महत्वको स्थल पनि हो । जहाँ अहिले पनि घेरै घर र भवन हरु छन् जुन भक्तपुरे कलात्मक सैलीमा निर्माण भएका छन् । कति घरहरुत भत्की सके अझै पनि संरक्ष्ाँण र संम्र्वद्धन गर्न सके पछिल्ला दिनमा महत्व अझै बढ्ने छ र पर्यटकीय क्षेत्रको रुपमा बुटवलको परिचय दिने छ । जति बेला व्यापारिक केन्द्र थियो सो ठाउ तेतिबेलाको समय अनुकुका बाटो, नालि र भवन हरु बने ।



अहिलेको समयम अलि संकुचन लाग्छ हेर्दा पनि तर यसको महत्वलाई जोगाई राख्नु र पछिल्लो पिढिलाई जान्ने र हेर्ने अवसर प्रदान गर्नु अहिलेको पुूस्ताको दायित्व पनि हो । बर्तमानमा रमाईरहदा ईतिहासलाई पनि संरक्षण गर्न सरोकारवालले ध्ययान दिनु जरुरी छ ।

बुटवलको चिनारि हो बटौलि बजार, अहिले छायाँमा परेको छ । बिभिन्न जिल्ला बाट नुुन किन्न आउनेले घिउ लिएर आउने नुन सँग साट्ने प्रचलन थियो । यो ईतिहास बेकेको क्षेत्र अहिले अत्यन्त दुर्गम जस्तो देखीन्छ । आधुनिकिकरण सगै स्थानियवासीले सो स्थानमा घर भाडामा छाडि तिनाउ पुर्व क्षेत्रमा बसोवास गर्न थाले ।

तेस क्षेत्रको बिकाश र संरक्षणमा कसैको ध्याननै गएन । समय बित्दै जादा अहिले संरक्षण गर्नुपर्यो भनी गफ गर्न सुरु भएको छ, तर कसरि अगाडि बढ्ने भन्ने योजना छैन । पुरानो बटौली बजारका बासिन्दा बटौली संरक्षण सम्वर्दन समिति गठन गरि बुटवल उपमहानगरको ध्यान केन्द्रीत गर्न खोजी रहेका छन् ।

समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौलले बटौली संरक्षणको खाचाँे महसुस गरि समिति गठन गरी अगाडि बढिएको बताए । यहाँको कला संस्कृती, व्यपारीक महत्व लाई संरक्षणको लागि काम गर्ने छौ उनले भने । सो क्षेत्रमा अन्य पर्यटकीय स्थलहरु जितगडि किल्ला र मणिमुकुन्द सेन उद्यान पनि छ बटौली बजारको पुरानो झल्को आउने गरि केही रहेका संरचनालाई संरक्षण गरि अगाडि बढाउन सके पर्यटकीय क्षेत्रको रुपमा बटौलीले महत्व अवश्य पाउने छ ।

तिनाउ नदिको पश्चिम क्षेत्रमा रहेको बटौली बजारलाई संरक्षण गर्न स्थानिय सरकार नगरपालिकाले प्रतिबद्धता गरेको छ । बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिष्णु खनालले बटौली संरक्षण समिति संगको भेटमा मिलेर बटौली बजार संरक्षण गर्न कार्यालय प्रतिबद्ध रहेको बताएका थिए ।
बुटवल उपमहानगरपालीकाले प्रत्यक्ष चासो र आफ्नो क्षेत्रको बिकाशमा स्थानिय वासीको सक्रियता जरुरी हुन्छ यसमा सबैले सहयोग गर्नु पर्छ । राम्रो बुटवल राम्रो बुटवल देशको शान हाम्रो बुटवल ।

- See more at: http://dcnepal.com/news/news.php?nid=222208#sthash.iQ9rlW5m.dpuf

You Might Also Like

0 comments